काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)को पहिलो क्वाटरफाइल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजीको क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनायो । भारतका लागि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले सर्वाधिक १०० रन बनाए । ४९ बलमा शतक…