काठमाडौं । सत्ता साझेदार दलहरुको तर्फबाट सभामुखमा उम्मेदवारी दिएका नेकपा एमालेका देवराज घिमिरेले प्रतिनिधिसभालाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने बताएका छन् । उम्मेदवारी दिएपछि बुधबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले विगतमा भएका कमजोरीबाट सिकेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले सभामुखले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी हुन नदिने बताए । आफ्नो विजय सुनिश्चित रहेको दाबी…