७ आश्विन २०८३, बुधबार | September 23, 2026

सांसदहरुको एक स्वर – भ्रष्टाचार प्रकरणमा छानविन गरियोस



काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरुले भ्रष्टाचारका सबै प्रकरणमा छानबिन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको दोस्रो अधिवेशनको आइतबार बसेको पहिलो बैठकमा सांसदद्वय प्रेम सुवाल र अमरेशकुमार सिंहले भ्रष्टाचारका सबै प्रकरणमा छानबिन गर्नुपर्ने बताएका हुन् ।

हालसम्म देशमा भएका र समाचारमा आएका भ्रष्टाचारका प्रकरणमा छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने उनीहरुले माग गरे ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएका ठगीसहितका भ्रष्टाचारका प्रकरण छानबिन गर्न उनीहरुले माग गरे ।

कार्यव्यवस्था परामर्श समितिमा विशेष समय नदिने सहमति भएपनि सभामुख देवराज घिमिरेले भटाभट प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुलाई मात्र समय दिन थालेपछि सत्ता पक्षका सांसदहरुले आपत्ति जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले समय माग गर्ने सबै दलका सांसदहरुलाई समय दिन थालेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ४ : ४६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज