काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान हुँदैछ । सभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेकाले प्रदेशसभाबाट निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो । मधेस प्रदेशको सभामुखका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशीष यादव र नेकपा ९एमाले०का त्रिलोकी प्रसाद उम्मेदवार रहेका छन् । यादव सत्तारुढ सात दलीय गठबन्धनका साझा उम्मेदवार हुन्…