काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गरी अध्यक्ष प्रचण्डको नेतृत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले परिस्थितिजन्य आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने र अध्यक्ष प्रचण्डलाई संयोजक बनाउँदै विशेष महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।…