काठमाडौं । रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार गोकुलगंगा गाउँपालिका(३ सिमलडाँडामा शुक्रबार सुमो दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा गोकुलगंगा-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतलगायत रहेको रामेछाप प्रहरीले जनाएको छ । शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोस्थित…