बुटवल । रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगितामा संकटा एफसी अन्तिम चारमा स्थान बनाएको छ। सोमबार भएको खेलमा जर्जियन एफसी भारतलाई ४-० गोल अन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा स्थान बनाएको हो । देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको रोमान्चक खेलको संकटाको जितमा सृजनराज गौतम नायक रहे । उनले खेलको ४० मिनेटमा गोल गरे…