भैरहवा । जारी प्रधानमन्त्री (पीएम कप) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार भएका तीन खेलमा नेपाल एपीएफ क्लब, लुम्बिनी प्रदेश र कोशी प्रदेशले जित निकालेका छन् । भैरहवाको सिद्धार्थ रंगशालामा भएको खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले पराजित गर्दै जित हात पार्यो । १ सय ९० रनको लक्ष्य एपीएफले ३९ ओभर २ बलमा ५ विकेट गुमाएर…