७ बैशाख २०८३, सोमबार | April 20, 2026

पीएम कपमा आज तीन खेल हुँदै



काठमाडौं । जारी प्रधानमन्त्री (पीएम कप) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदै छन् ।

आज नेपाल लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने बागमती प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल एपीएफ क्लब र कर्णाली प्रदेशबीच हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने कर्णाली प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल कोशी प्रदेश र गण्डकी प्रदेशबीच हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ भने गण्डकी प्रदेशले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ७ : २५ बजे

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । विसं १८७२ वैशाख ७ गते नेपाल-अंग्रेज युद्धअन्तर्गत बुटवलको

प्रधानमन्त्री शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपबारे तत्काल छानबिन

काठमाडौं-ढाका नियमित उडान गर्ने तयारी

काठमाडौं । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौंदेखि बङ्गलादेशको