काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले सुदूरपश्चिम रोएल्सलाई १०२ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कर्णालीले पूरै २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको हो । कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका उनले…