७ आश्विन २०८३, बुधबार | September 23, 2026

त्रिविमा ८ डिन र ३ निर्देशक नियुक्त



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले रिक्त रहेका आठ डिनको नियुक्ति गरेको छ ।

कार्यकारी परिषद्ले शनिबार डिन नियुक्त गरेको हो । यसैगरी ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त भएका छन् । नियुक्त भएका सबैलाई आजै नियुक्तिपत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ।

नियुक्त भएकामध्ये मानविकी तथा सामाजिकशास्त्र संकायमा प्राध्यापक डाक्टर दुवीनन्द ढकाल रहेका छन् । यसैगरी चिकित्साशास्त्र अध्ययन संस्थानमा प्राडा मोहोनराज शर्मा नियुक्त भएका छन् भने व्यवस्थापनमा प्राडा महानन्द चालिसे नियुक्त भएका छन् ।

छनौट समितिले सिफारिस गरेका तीन जनामध्येबाट कार्यकारी परिषद्ले नियुक्त गरेको हो । यसअघि सिफारिस भएका ३ जनामध्ये पहिलो नम्वरकोलाई नियुक्त गर्ने या दोस्रो र तेस्रो नम्वरकोलाई पनि सिफारिस गर्ने भन्ने विषयमा विवाद थियो ।

त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गतेभित्र डिन नियुक्ति गर्न कार्यकारी परिषद्लाई निर्देशन दिएका थिए ।

को कोले पाए नियुक्ति ?

डिन

मानविकी तथा सामाजिकशास्त्र : प्राडा दुवीनन्द ढकाल
व्यवस्थापन संकाय : प्राडा महानन्द चालिसे
चिकित्साशास्त्र अध्ययन संस्थान :  प्राडा मोहोनराज शर्मा
शिक्षाशास्त्र संकाय : प्राडा बेदराज आचार्य
वन विज्ञान अध्ययन संस्थान : सहप्राध्यापक ठाकुर सिलवाल
विज्ञान तथा प्रविधि अध्ययन संस्थान : प्राडा शंकर खनाल
कृषि र पशुविज्ञान अध्ययन संस्थान : सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल
इन्जिनियरिङ अध्ययन संस्थान : प्राडा सुशीलबहादुर बज्राचार्य

तीन निर्देशक
शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशक : डा. सहप्राध्यापक राजेन्द्र कुँवर
व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशक : प्राडा मिनाराज भण्डारी
योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक : डा. लक्ष्मीकान्त शर्मा

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ८ : ५२ बजे

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु

कांग्रेस १५ औ महाधिवेशन : बुटवल र नेपालगन्जमा गगनकै नाममा दुई फरक गुट चुनावी मैदानमा

बुटवल । विशेष महाधिवेशनबाट एकढिक्क बनेको दाबी गरिएको नेपाली कांग्रेसको

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।