२ माघ २०८२, शुक्रबार | January 16, 2026

रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । महान्यायाधिवक्‍तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्। प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए। एमालेका कानुन विभाग प्रमुख समेत रहेका बडाल यसअघि पनि महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।