काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सँग चुनावी प्रचारमा हिँडिरहेका पत्रकार दिनेश सिटौलाको निधन भएको छ । अछाममा अचानक बेहोस भई ढलेका सिटौलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत हुँदै काठमाडौं ल्याइए पनि उपचारका क्रममा आइतबार उनको निधन भएको हो । काठमाडौंस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका अनुसार ४५ वर्षीय सिटौलालाई आइतबार…