काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरु उपस्थित नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । विहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाद दिएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा सत्ता पक्ष तथा प्रतिपक्षका सबै नेताहरु उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यो परम्परा विस्तारै कम हुदै…