३० कार्तिक २०८३, सोमबार | November 16, 2026

माओवादी केन्द्रद्वारा विपद्पछिको पुनःनिर्माणका लागि स्वयंसेवक परिचालन अभियान शुभारम्भ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हालैको विपत्तिमा परेका नागरिकको सहयोग, पुनःस्थापना र पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान शुभारम्भ गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा एक कार्यक्रमका बीच अभियान शुभारम्भ गर्दै विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन युद्धस्तरमा काम गर्न निर्देशन दिए ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले सङ्कटका बेला पक्षविपक्ष नभनी पुनःस्थापनामा जुट्नुपर्ने बताए । “विसं २०७२ को भूकम्पका बेला पनि मैले प्रतिपक्षी दलको नेताकै रूपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको थिए । यसपटक पनि जनताको पीडा र दुःखमा साथ दिन पूर्ण रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले भने ।

त्यस अवसरमा बल्खुको जागरण टोलमा चार सय १७ घरका झण्डै चार हजारभन्दा बढी नागरिक प्रभावित भएको जानकारी दिइएको थियो ।

अध्यक्ष प्रचण्डलगायत पार्टी नेताहरूले आजै भक्तपुरको हनुमन्तेखोला तथा आसपासका क्षेत्रमा भएको क्षतिको अवलोकन गरेका थिए । “हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसकारण सयौँ किसानले लगाएको करोडौँको तरकारीमा पनि क्षति पुगेको छ । अब यस विषयमा पनि सरकारले काम गर्नुपर्छ”, अवलोकनपछि उनले भने ।

अध्यक्ष प्रचण्डसँगै माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, नेताहरू हितमान शाक्य, दिलीप प्रजापतिलगायत पनि प्रभावित क्षेत्रको अवलोकनाका लागि पुगेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ३१ बजे

Your email address will not be published.

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि

सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यक : सभापति लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान

बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको

सभामुख अर्यालद्वारा मधेशआन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्याल वीरगञ्जस्थित सहिद स्मारकमा मधेस