काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख सरोज भट्टराईलाई सजाँय निर्धारण गरिएको छ । उनलाई ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय तोकिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाँय निर्धारण गरेको हो ।…