म्याग्दी । शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेको ग २ च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ-बेनी सडकअन्तर्गत बेनी नगरपालिका-१ हुलाकेको खोल्साको बाढीले बगाएको छ । यात्रु र चालकले भागेर…