काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री आरजु राणा पाँच दिने भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँदिल्ली जाँदैछिन् । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्री राणाले भदौ २ देखि ६ गतेसम्म भारत भ्रमण गर्ने जानकारी गराएको हो । भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा…