२८ असार २०८३, आइतबार | July 12, 2026

एमाले लुम्बिनीको संसदीय दलको नेतामा आचार्य चयन



काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन् । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका आचार्य यसअघि संसदीय दलका उपनेता रहेका थिए ।

शनिबार प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा मुख्यमन्त्रीको कार्यलयमा बसेको प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

यसअघि एमाले लुम्बिनी संसदीय दलको नेता लिला गिरी थिए । पार्टी महासचिव शंकर पोखरेलनिकट मानिने आचार्यलाई मुख्यमन्त्री बनाएको भन्दै गिरीले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । गिरी आजको बैठकमा सहभागी नभएको बताइएको छ ।

आज बसेको बैठकले संसदीय दलको उपनेतामा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । संसदीय दलको नेता चयन भइसकेपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गरेका छन् ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ६ : ५५ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास