१५ चैत्र २०८२, आइतबार | March 29, 2026

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

बुटवल । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महारा पक्राउ परेका छन् । विद्युृतीय चुरोट भेपमार्फत सुन तस्करीको अभियोग लागेका महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । महरालाई भैरहवाबाट काठमाडौं लैजाने तयारी गरिएको प्रहरी स्रोतले बताएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।…