भोजपुर। धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर आउँदै गरेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो । बोलेरोमा १४ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको खवर आएलगलगत्तै स्थानीयहरुसँग समन्वय गरी प्रहरीले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए ।…