१५ चैत्र २०८२, आइतबार | March 29, 2026

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसका युवराज शर्माको पक्षमा १७ मत, विपक्षमा ३९

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार बनेका नेपाली कांग्रेसका युवराज शर्मा पराजित भएका छन् । राष्ट्रियसभामा आज भएको निर्वाचनमा शर्माको पक्षमा १७ मत मात्र प्राप्त भयो । उनको विपक्षमा ३९ मत खस्यो । निर्वाचित हुन आवश्यक मत प्राप्त गर्न नसकेपछि शर्मा पराजित भएका हुन् ।