नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा मतगणनामा कानुन विपरित कार्य भएको भन्दै उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा दर्ता भएको रिटमा अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले दायर गरेको रिट निवेदनको सुनुवाई गर्दै अदालतले विपक्षी भिम बहादुर रानाभाटलाई नेपालगंज उद्योग वाणिज्य संघको महासचिव पदमा निर्वाचित भएको घोषणा नगर्नु,…