नेपालगन्ज । राप्ती नदीमा आएको बाढीका कारण जङ्गलको बीचमा फसेका चार जनालाई स्थानीय प्रशासनले आज उद्धार गरेको छ । जङ्गलमा बाख्रा चराउन गएका छमध्ये चार जनाको उद्धार भएको र थप दुई जनाको उद्धार गर्न लागेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल…