६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, फेरिपनि सभाध्यक्षले गरे मतदान

काठमाडौं । सभामुखले समेत मत दिएर कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सभामुख र उपसभामुख नभएपछि प्रदेशसभामा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीलाई समेत मत दिन लगाएर प्रदेशसभाबाट बहुमत प्राप्त गरेको घोषणा गरिएको हो। उद्धव थापाले ४७ मत पाएको र विपक्षमा ३० मत परेको निर्णय प्रदेशसभामा सुनाइएको छ। पक्ष विपक्षमा बराबरी मत खसेको…