२० भदौ २०८३, शनिबार | September 5, 2026

तीन तहका सरकार एक अर्काेकाे परिपुरक : प्रधानमन्त्री प्रचण्ड



सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक अर्कोको परिपुरक भएको बताएका छन् । विश्वका उत्कृष्ट संविधान जस्तै नेपालको संविधान पनि उत्कृष्ट रहेको उनले बताए । प्रदेश सरकार जिम्मेवार भई काम गर्न आग्रह गरेका छन ।

कर्णालीको समस्य नजिकबाट नियालेको कुरा बताउँदै प्रधानमन्त्री प्रचण्डले  कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएको समेत बताए । कर्णाली एक सभ्याता भएको उनले बताए । कर्णाली सधैँ आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

कर्णालीको सबै खालका सडक निर्माण गर्न पहल जारी राखेको बताएका उनले चीन भ्रमणको समयमा केही सडकको बारेमा कुरा हुने बताए । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजत कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत, मुख्यमन्त्री राजकुमार शर्मालगायतका मन्त्रीहरुको सहभागिता रहेको छ ।

प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडोर र भेरी करिडोरमा दुई लेनको सडक निर्माण गरे कर्णाली समृद्धिको एक ढोका खुल्ने बताए ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  १२ : २९ बजे

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ