२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

तीन तहका सरकार एक अर्काेकाे परिपुरक : प्रधानमन्त्री प्रचण्ड



सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक अर्कोको परिपुरक भएको बताएका छन् । विश्वका उत्कृष्ट संविधान जस्तै नेपालको संविधान पनि उत्कृष्ट रहेको उनले बताए । प्रदेश सरकार जिम्मेवार भई काम गर्न आग्रह गरेका छन ।

कर्णालीको समस्य नजिकबाट नियालेको कुरा बताउँदै प्रधानमन्त्री प्रचण्डले  कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएको समेत बताए । कर्णाली एक सभ्याता भएको उनले बताए । कर्णाली सधैँ आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

कर्णालीको सबै खालका सडक निर्माण गर्न पहल जारी राखेको बताएका उनले चीन भ्रमणको समयमा केही सडकको बारेमा कुरा हुने बताए । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजत कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत, मुख्यमन्त्री राजकुमार शर्मालगायतका मन्त्रीहरुको सहभागिता रहेको छ ।

प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडोर र भेरी करिडोरमा दुई लेनको सडक निर्माण गरे कर्णाली समृद्धिको एक ढोका खुल्ने बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १२ : २९ बजे

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक

काठमाडौं । प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात

संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले

एमाले संसदीय दलको बैठक नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ