काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) पनि बस्दैछ । साउन २ गतेदेखि जारी बैठकअन्तर्गत आज (सोमबार) पनि नेताहरुले आ-आफ्नो धारणा राख्नेछन् । केन्द्रीय समितिको बैठक सोमबार दिउँसो ३ बजे, पार्टी मुख्यालय सानेपामा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि आइतबारको बैठकमा २५ जना नेताहरुले आ-आफ्नो धारणा…