१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बुटवलको सडकमा दिउँसै खुकुरी नचाउने युवा समुह हेर्दाहेर्दै बेपत्ता



बुटवल । खुल्ला सडकमा नाङ्गो खुकुरी नचाएर कुटपिटमा उत्रिएको ३ दिन बित्दा पनि प्रहरीले ३ जना बाहेक अन्यलाई नियन्त्रण गर्न सकेको छैन । शुक्रबार मध्य दिंउसो बुटवलको कालिकापथ होराइजनचोकमा नाङ्गो खुकुरी नचाएर कुटपिट गर्ने २० बढी युवा मध्य आज सम्म प्रहरीले ३ जनालाई मात्र नियन्त्रणमा लिएको छ ।

२० बढीको समुहले मध्य दिँउसो खुकुरी नचाएर निर्माण ब्यवसायीमाथि आक्रमण गर्नेहरु मध्य ३ जना बाहेक अन्यलाई नियन्त्रणमा लिन नसकेको प्रहरीले जनाएको छ । सीसी क्यामेराको पहुँच र ब्यस्त चोकमा भएको घटनामा प्रहरीको समयमा उपस्थित नहुनु र घटनापछि पनि तीन दिन सम्म आक्रमणकारीहरु पक्राउ नपर्नुबाट सुरक्षा ब्यवस्थामा प्रश्न खडा भएको छ ।

गत शुक्रबार मात्र सामान्य विवादले उग्र रुप लिएपछि बुटवलका एक युवाहरु को समुहले निर्माण ब्यवसायी निर्मल खत्रीमाथि सांघातिक आक्रमण गरेका थिए । युवाहरुको एक समूले खुकुरी तथा ढुङ्गा मुढा र हेल्मेट प्रहार गर्दा बुटवलका निर्माण व्यवसायी खत्री घाइते भएका थिए । गत शुक्रबार दिउँसो करिब पौने १२ बजेको समयमा बुटवल-११ कालिकापथ अन्तरगत होराइजन चोक नजिकै युवाहरुको कुटपिटबाट खत्रीको ढाड तथा टाउकोमा चोट लाग्दा ६० वटा टाँका लगाउनु परेको थियो । तिलोत्तमाको क्रिमशन अस्पतालमा २ दिनको उपचारपछि घर फर्किएका उनी अहिले पनि उपचारका लागि फलोअपमै छन् ।

खत्रीमाथि आक्रमण गर्ने ३ जनालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ पर्नेमा फलफूल व्यवसायी अब्दुल कादिर, कृष्ण केसी र गणेश भन्ने लोकबहादुर कुँवर रहेको इप्रका बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । आक्रमणम गर्ने एक आरोपित युवा लगायतका अन्य भने घटनापछि फरार रहेको उनले बताए । करिब २० बढीको समूहमा आएका युवाहरुले बीच बाटोमा रोकेर खुकुरी, हेलमेट, इट्टा लगायतका हतियार प्रयोग गरी आक्रमण गरेको पीडितले आरोप लगाएका छन् ।

नियन्त्रणमा लिइएकाहरुलाई शरिर अङ्गभङ्गको अभियोगमा मुद्दा दायर गरी फरार भनिएका युवा तथा घटना संलग्न अन्यलाई समेत खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत रुपन्देहीबाट आइतबार म्याद थपको आदेश लिई थप अनुसन्धान अघि बढेको जनाइएको छ ।

निर्माणाधिन सडक भत्काएपछि सुरु भएको विवाद कुटपिटमा परिणत

निर्माणधिन कालिका पथ अन्तरगत बुटवल-११ योगीकुटी नजिकै काली गण्डकी निर्माण कम्पनीका सञ्चालक डिबी खत्रीले विहिबार साँझ सडक पीच गर्नका लागि प्राइमर (कालोपत्रे) लगाएर सडक बन्द गरि कालोपत्रेको तयारी गरिरहेको अवस्थामा स्थानीय व्यापारी अब्दुल कादरीले फलफूल बोकेको ट्रक चढाएपछि सडक भत्किएको घटना खुकुरी प्रहार सम्म पुगेको हो । सडकमा पुगेको क्षति दाबी गर्दा कादरीले युवाहरु लगाएर कुटपिटमा उत्रिएको ठेकेदार खत्रीको आरोप छ । सुरुमा क्षतिपुर्ति दिने सहमति दिएपनि लिन जाँदा आफुमाथि आक्रमण भएको खत्रीको भनाई छ ।

आधाघण्टा सम्म युवाहरुको खुकुरी सहितको नाङ्गो नाच हुँदा पनि प्रहरी नआएको एक स्थानीयले बताए । घटना भएको अवस्थामा एम्बुलेन्स आउँदा प्रहरी आएको थानेर युवाहरु नभागेको भए खत्रीको ज्यान जान सक्ने अवस्था रहेको प्रत्यक्षदर्शि स्थानीयले बताए ।

बुटवलको रात्रिकालिन बजारका रुपमा चर्चा हुँदै आएको कालिका पथमा दिनदहाँडै खुकुरी नचाउँदै कुटपिटको घटनाले यहाँको सुरक्षा व्यवस्था माथि पनि प्रश्न उठेको छ । रात्रिकालिन बजार सञ्चालन गर्ने भनिएको ठाउँमानै दिनदहाँदै देखिने हिंसात्मक दृश्यले यहाँको पर्यटन तथा अन्य व्यवसायहरुमा समेत सुरक्षा चुनौती थपिएको स्थानीयहरु बताउँछन् ।

 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १० : १४ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।