काठमाडौं । नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलसँग भेट गरेको छ । भियतनाम कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली हाई बिन नेतृत्वको टोलीले आज एमाले पार्टी कार्यालयमा पुगेर महासचिव पोखरेलसँग भेट गरेको हो । भेटमा दुई देशका सरकार, कम्युनिष्ट पार्टी र जनताबीचको सम्बन्धका बारेमा छलफल भएको थियो…