११ भदौ २०८३, बिहिबार | August 27, 2026

राष्ट्रपति ट्रम्पलाई रास्वपाको शुभकामना



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संयुक्त राज्य अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएको छ । रास्वपाले आज काठमाडौँस्थित अमेरिकी दूतावासमार्फत् अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेका ट्रम्पलाई बधाईसहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको पार्टीका कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

पार्टीले आज इमेलमार्फत् प्रेषित सन्देशमा अमेरिकामा ट्रम्पको ऐतिहासिक पुनःबहालीले अमेरिकी इतिहासमा उनको नेतृत्वको नयाँ अध्यायको थालनी भएको उल्लेख गरेको छ । सन्देशमा नेपाल र अमेरिकाबीचको सम्बन्ध आपसी सम्मानमा आधारित रहेको र नेपालको लोकतान्त्रिक विकासका लक्ष्यहरू हासिल गर्न अमेरिका सदैव सहयोगी रहिआएको समेत उल्लेख गरिएको कार्यबाहक प्रवक्ता रावलले भनिन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १० : ५० बजे

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०