३० माघ २०८१, बुधबार | February 12, 2025

राष्ट्रपति ट्रम्पलाई रास्वपाको शुभकामना



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संयुक्त राज्य अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएको छ । रास्वपाले आज काठमाडौँस्थित अमेरिकी दूतावासमार्फत् अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेका ट्रम्पलाई बधाईसहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको पार्टीका कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

पार्टीले आज इमेलमार्फत् प्रेषित सन्देशमा अमेरिकामा ट्रम्पको ऐतिहासिक पुनःबहालीले अमेरिकी इतिहासमा उनको नेतृत्वको नयाँ अध्यायको थालनी भएको उल्लेख गरेको छ । सन्देशमा नेपाल र अमेरिकाबीचको सम्बन्ध आपसी सम्मानमा आधारित रहेको र नेपालको लोकतान्त्रिक विकासका लक्ष्यहरू हासिल गर्न अमेरिका सदैव सहयोगी रहिआएको समेत उल्लेख गरिएको कार्यबाहक प्रवक्ता रावलले भनिन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १० : ५० बजे

आज हिंसात्मक अतिवाद रोकथाम दिवस

काठमाडौं । आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ

‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’

प्रयागराज । यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न

झापामा महिलाको शव फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका-११ दुधेमा एक महिलाको शव नग्न

आजको मौसम : देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको