काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्नेको सूची तयार पारेको छ । आयोगले गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपांगता भएका व्यक्त तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरेको जनाएको छ…