७ आश्विन २०८३, बुधबार | September 23, 2026

आगमी निर्वाचनमा अग्रगमन र प्रतिगमनबीचको राजनीतिक मुठभेड हुँदैछ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नबनेको भए देश दुर्घटनामा जाने निश्चित भएको बताएका छन् ।

सोमबार भएको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुहरुले गठबन्धन बनाएर अघि बढेकै कारण देश दुर्घटनाबाट जोगिएको बताएका छन् ।

केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगमनकारी कदम विरुद्ध गठबन्धन बनेको बताउँदै प्रचण्डले आगामी निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरे । ‘हामीहरु एकजुट नभएको भए देश दुर्घटनामा जाने निश्चित थियो । त्यसैले हामी प्रतिगमनलाई परास्त गर्न एकजुट भएका हौं ।’ उनले भने, ‘त्यसैले मंसिर ४ को निर्वाचनलाई सामान्य रुपमा नलिनुहोला ।’

देश र जनताका लागि एकअर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने बताएका प्रचण्डले अहिलेको गठबन्धनको सत्ताका लागि नभएको बताए ।देशमा प्रतिगमनविरुद्ध लड्न आवश्यक परेका बेलासम्म गठबन्धन रहने प्रचण्डको भनाइ छ ।

प्रचण्डले अहिले दुई प्रवृत्तिका शक्तिबीच राजनीतिक मुठभेड हुन लागेको दाबी गरे । निर्वाचनमा परिवर्तन विरोधी एमालेको पश्चगामी गठबन्धन र लोकतन्त्र र संविधानको रक्षार्थ बनेको आफुहरुको अग्रगामी गठबन्धनबीच राजनीतिक मुठभेड हुन लागेको उनले जिकिर गरे ।

प्रचण्डले केपी ओलीले संविधानलाई स्वीकार नै नगरेको दाबी गरे । उनले भने, ‘हामीले वाम गठबन्धन गरेपछि मात्रै थाहा भयो । संविधान स्वीकारेका रहेनछन् । आफू पावरमा आएपछि संविधान र गणतन्त्र उल्टाउने कसरत गरे ।’

अध्यक्ष प्रचण्डले युद्धकालमा आमनेसामने भएर लडेको सम्झेर अहिले मतदान गर्न आनाकानी गर्न नहुने बताए । प्रचण्डले युद्धकालमा माओवादी र कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी (तत्कालीन एमाले)बीच आमनेसामने भएकै आधारमा अहिले मतदान गर्न कठिन मान्नुनपर्ने बताए ।

१२ बुँदे सहमति, शान्ति प्रक्रिया हुँदै अहिलेको राजनीतिक अवस्थामा आएकाले कांग्रेसका नेता तथा कार्यकर्ताले माओवादी उम्मेदवारलाई मत दिन कठिन मान्नुनहुने प्रचण्डको भनाइ छ ।

 

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : २० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११