६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

रामचन्द्र पौडेलको आग्रह – हँसिया हथौडामा लोकतन्त्रको घेरा लागेको छ, भोट हाल्न नडराउनुस



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन लोकतन्त्र बचाउन बनेको बताएका छन् ।

कामाडौंमा सोमबार आयोजित सत्तागठबन्धनको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन देशको भविष्यका लागि बनेको दाबी गरे ।

पौडेलले भने, ‘यहाँ मुलुकको सुशासन कायम गर्ने अनुहार छ । व्यवस्था बदलिए पनि अवस्था बदलिएको छैन । हामी अवस्था बदल्नेछौं । व्यवस्था बचाएर हामी मुलुकलाई अगाडि बढाउने छौं ।’ आफूहरूले सत्ता स्वार्थका लागि गठबन्धन नगरेको उनले प्रष्ट पारे ।

पौडेलले हँसिया हथौडाबाट नडराउन कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरे । हंसिया हथौडामा लोकतन्त्रको घेरा लागेको जिकिर गर्दै पौडेलले गठबन्धनको उम्मेदवारको चुनाव चिन्ह भनेर भोट हाल्न आग्रह गरे । उनले भने, ‘को कांग्रेस, को माओवादी, को समाजवादीको उम्मेदवार, को राष्ट्रिय जनमोर्चाको उम्मेदवार, को लोसपाको उम्मेदवार – सबै गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्नुस्, हँसिया हडौडासँग नडराउनुस, त्यसमा लोकतन्त्रको गोलो घेरा लागेको छ ।’

पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्मका उपलब्धि उल्टाउन खोजेको टिप्पणी समेत गरे ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १ : ५५ बजे

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ