७ आश्विन २०८३, बुधबार | September 23, 2026

रामचन्द्र पौडेलको आग्रह – हँसिया हथौडामा लोकतन्त्रको घेरा लागेको छ, भोट हाल्न नडराउनुस



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन लोकतन्त्र बचाउन बनेको बताएका छन् ।

कामाडौंमा सोमबार आयोजित सत्तागठबन्धनको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन देशको भविष्यका लागि बनेको दाबी गरे ।

पौडेलले भने, ‘यहाँ मुलुकको सुशासन कायम गर्ने अनुहार छ । व्यवस्था बदलिए पनि अवस्था बदलिएको छैन । हामी अवस्था बदल्नेछौं । व्यवस्था बचाएर हामी मुलुकलाई अगाडि बढाउने छौं ।’ आफूहरूले सत्ता स्वार्थका लागि गठबन्धन नगरेको उनले प्रष्ट पारे ।

पौडेलले हँसिया हथौडाबाट नडराउन कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरे । हंसिया हथौडामा लोकतन्त्रको घेरा लागेको जिकिर गर्दै पौडेलले गठबन्धनको उम्मेदवारको चुनाव चिन्ह भनेर भोट हाल्न आग्रह गरे । उनले भने, ‘को कांग्रेस, को माओवादी, को समाजवादीको उम्मेदवार, को राष्ट्रिय जनमोर्चाको उम्मेदवार, को लोसपाको उम्मेदवार – सबै गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्नुस्, हँसिया हडौडासँग नडराउनुस, त्यसमा लोकतन्त्रको गोलो घेरा लागेको छ ।’

पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्मका उपलब्धि उल्टाउन खोजेको टिप्पणी समेत गरे ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १ : ५५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११