सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौन अवधिका बेला नगदसहित उनी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २-०२-००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे…