खजुरा । बाँके क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार किस्मत कक्षपतिलाई पछाडि पार्दै गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरसिंह राठोरले अग्रता लिएका छन् । प्रतिनिधिसभा निर्वाचनको बाँके ३ को हाल सम्म गणना भएको १९३२९ मतबाट राठोरले ७४६५ मत प्राप्त गरेका छन् भने एमालेका कक्षपतिले ७२४३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले २६२९ मत…