३ श्रावण २०८३, आइतबार | July 19, 2026

घरदैलोसंगै प्रविधिमैत्री चुनावी प्रचारमा रुपन्देहीका सुरज पाण्डे



बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिरहदा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन । केही ठुला उम्मेदवारहरु सुखसयल बिसाएर आम नागरिकसंगै खाने, उनीहरुलाई काममा सघाउने जस्ता प्रचारका काम गरिरहेका छन ।

यस्तोमा रुपन्देहीका उम्मेदवार पनि आफनो निर्वाचन क्षेत्रको घरघर पुग्ने प्रचार गर्ने मात्र नभई संघसंस्था, मठमन्दिरमा मत माग्न हिडेका समाचारहरु प्रकाशनमा आएका छन । यस्तोमा शान्त र प्रविधिमैत्री प्रचारमा छन उज्यालो नेपाल पार्टीका युवा उम्मेदवार ईन्जिनियर सुरज पाण्डे ।

रैथाने उनि भड्किलो प्रचारभन्दा पनि सरल र सादगीपूर्ण तर प्रविधिमैत्री प्रचारमा छन । उनि सामाजिक संजालमा आफना आठ मुख्य एजेण्डाको भिडियो तयार गरेर प्रस्तुत गरेका छन । उनको यो प्रचार शैली अहिले धेरैलाई नौलो तर उत्कृष्ट लागेको छ । घरदैलोमा रहेका उनि बुधबारदेखि भने फेरि फरक ढंगमा भेटिए ।

बुधबार भाटभटेनी नजिक भएको कोणसभामा उनले डिजिटल भिडियो डिस्प्लेमार्फत पार्टीको घोषणापत्र र यो क्षेत्रको विकासमा बुनेका योजनाहरु प्रस्तुत गरे ।

धेरै मतदाताहरु उनको यो काममा आर्कषित भए । एक हप्ता उनि आफनो निर्वाचन क्षेत्रको बुटवल उपमहानगरपालिका, सैनामैना, तिलोत्तमा नगरपालिकाका मुख्य चोकहरुमा यसरी नै आफनो कुरा सुनाउदै हिडेका छन ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ७ : ४१ बजे

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको

अविरल वर्षापछि फेरि डुब्यो माइतीघर, ट्राफिक आवागमन प्रभावित

काठमाडौं । आइतबार काठमाडौंमा परेको अविरल वर्षापछि माइतीघर मण्डल क्षेत्र

कांग्रेसमा एकताको सम्भावना कमजोर, इतर पक्ष राष्ट्रिय भेला गर्ने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले नयाँ कार्यदिशा तय

मानव र प्रकृतिलाई केन्द्रमा राखेर विकास निर्माण गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र