नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट-२ चिसापानीस्थित बुधवारे हाटबजार नजिकै शक्तिशाली सिलिन्डर बम बिस्फोट भएको छ । संसदीय निर्वाचन बहिष्कार गर्ने दल तथा समुहहरुले बिस्फोट गराएको हुन सक्ने स्थानीयको अनुमान छ । बिस्फोट भएको स्थानबाट दिब्यज्योती माबिको बुथ करिव एक सय मिटर दुरिमा रहेको जनाइएको छ । जिल्लामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र नेकपा (बहुमत)…