२२ माघ २०८२, बिहिबार | February 5, 2026

मदिरा सेवन गरेको अभियोगमा मतदान अधिकृत बर्खास्त

कपिलवस्तु । नैतिक आचरण विपरीत मदिरा सेवन गरेको आरोपमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । जिल्लाको क्षेत्र नम्बर ३ (२) को कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर 'ख' केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको हो । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन निर्देशिका ०७९ को ८३ (१) अनुसार उनलाई जिम्मेवारीबाट हटाएर यमलाल…