१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

संसद् पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन : महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनासम्बन्धी रिटमा सर्वोच्च अदालत जिम्मेवारीबाट पन्छिन नहुने बताएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै बस्नेतले संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले ढिलाइ नगरी तत्काल फैसला दिनुपर्ने जिकिर गरे ।

उनका अनुसार अदालत डर, दबाब र विभिन्न प्रभावका कारण न्यायिक प्रक्रियामा ढिलाइ भइरहेको छ । “न्यायिक प्रक्रिया कसैको डर, दबाब, लोभ-प्रलोभन वा हस्तक्षेपमा पर्नु हुँदैन,” उनले भने, “तर अहिले महाभियोगको डर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबका कारण न्यायाधीशहरू निर्णयबाट पन्छिएको अवस्था देखिन्छ ।”

बस्नेतले प्रधानन्यायाधीशसहित केही न्यायाधीशहरू रोगको बहाना बनाएर अनुपस्थित हुने, फोन अफ गर्ने र निर्णय प्रक्रियाबाट टाढा रहने प्रवृत्ति देखिएको आरोप लगाए । यस्तो अवस्थाले देश नै ठूलो अन्योल र असुरक्षातर्फ धकेलिएको अनुभूति भएको उनको भनाइ थियो ।

उनले सर्वोच्च, उच्च र जिल्ला अदालतसहित समग्र न्यायिक प्रणाली नै संकटमा परेको टिप्पणी गर्दै संसद् पुनर्स्थापनाको विषयमा स्पष्ट निर्णय नआउँदा मुलुक गम्भीर अन्योलमा फसेको बताए ।

साथै, सचिव बस्नेतले वर्तमान सरकारले स्वच्छ र निष्पक्ष निर्वाचन गराउन नसक्ने आरोप पनि लगाए ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ३ : ०३ बजे

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा