बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देही-१ मा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मगलबार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका मूल्यांकन तथा अनुगमन समिति संयोजक दलबहादुर थापा बिरकट्टाले घोषणापत्र सार्वजनिक गरेका हुन् । समुन्नत राष्ट्र निर्माणका लागि बहुजातीय लोकतान्त्रीक समाजवादको राजनीतिक सिद्धान्त अगाडि सारेर विभिन्न २७ बुँदाका महत्वलाई समावेश गरी घोषणापत्र तयार पारिएको उनले बताए…