१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

नेविसंघका ६ पूर्वअध्यक्षले चुनाव जिते, तीन पूर्वअध्यक्षले हारे



काठमाडौं । यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका तीनजना पूर्वअध्यक्षले चुनाव हारेका छन् । निर्वाचनमा पराजित हुनेमा बलबहादुर केसी, बालकृष्ण खाण र गुरुराज घिमिरे छन् । घिमिरे मोरङबाट प्रदेश सभा सदस्यमा उठेका थिए । तर, उनी एमाले उम्मेदवारसँग पराजित भए ।

केसी सोलुखुम्बुबाट पराजित भएका हुन् । उनलाई एमाले उम्मेदवारले हराएका छन् । सोलुखुम्बुमा एमालेले २५ वर्षपति सफलता पाएको हो । बहालवाला गृहमन्त्री खाण रुपन्देही ३ बाट पराजित भए । उनलाई एमालेको समर्थनमा राप्रपाका उम्मेदवार दीपक बोहराले पराजित गरे । खाण नेविसंघका साथै तरुण दलका पूर्वअध्यक्ष पनि हुन् । पार्टीमा बलियो पकड भएका खाणको हारलाई कांग्रेसमा अनपेक्षित भनिएको छ ।

नेविसंघका ६ पूर्वअध्यक्षले भने चुनाव जितेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संघको पूर्वअध्यक्ष हुन् । देउवासँगै ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, प्रदीप पौडेलले चुनाव जितेका छन् । देउवा डडेल्धुरा, कार्की सुनसरी ४, साउन कञ्चनपुर २, शर्मा झापा १, राठौर बाँके ३ र पौडेल काठमाडौं ५ बाट निर्वाचित भएका छन् ।

नेविसंघ र तरुण दलका पूर्वअध्यक्ष धनराज गुरुङ सम्भावित प्रतिनिधिसभा सदस्य हुन् । उनी उम्मेदवार बनेको स्याङ्जा २ मा मतगणना जारी छ । उनले एमालेकी सचिव पद्मा अर्याललाई १५ सय मतले पछाडि पारेका छन् ।

संघकै पूर्वअध्यक्ष विमलेन्द्र निधि पनि सांसद हुने भएका छन् । अघिल्लो निर्वाचनमा धनुषा ३ मा राजेन्द्र महतोसँग पराजित भएका निधि यसपटक समानुपातिक सूचीमा बसेका छन् । कांग्रेसबाट प्रत्यक्षतर्फ महिला एकजना मात्र निर्वाचित भएकाले ३३ प्रतिशत पुर्याउनै पर्ने बाध्यता भएकाले निधि बडो मुस्किलले सांसद हुने सूचीमा छन् । कांग्रेसले ३२ सिट समानुपातिकबाट पाएमा २७ जना महिलालाई सांसद बनाउनुपर्ने अवस्था छ ।

नेविसंघका पूर्वमहामन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी भएका छन् । अर्का महामन्त्री कुन्दनराज काफ्ले दोलखा ९क० बाट उम्मेदवार बनेका छन् । उनको क्षेत्रमा आज मतदान भइरहेको छ । संघका अर्का महामन्त्री रामकृष्ण चित्रकार ललितपुर २ ९क० बाट निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ३ : २९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम