गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको छैन । सडकछेउ र चोकमा फोहर थुप्रिएको छ । फोहर व्यवस्थापन नहुँदा सहर कुरूप मात्र बनेको छैन मानव स्वास्थ्यमा असर पर्ने जोखिम बढेको छ । फोहर नउठ्दा पोखरा महानगरपालिकाप्रति सर्वसाधारण असन्तुष्ट बनेका छन् । पोखरामा फोहर व्यवस्थापनको समस्या पुरानै हो । महानगरले फोहर व्यवस्थापनका लागि…