बुटवल । अखाद्य वस्तु फेला परेपछि बुटवल उपमहानगरपालिकाको अनुगमनपछि बन्द भएको बुटवलको हैदराबादी बिरयानी पसलले पुनः सञ्चालनको अनुमति पाएको छ । बुटवलको नेपालगन्जरोडमा रहेको हैदरावादी विरयानी सेन्टरमा गत भदौ २० गते अनुगमन गर्दा फोहोरो र सढेको मासु भेटिएपछि बुटवल उपमहानगरले सञ्चालनमा रोक लगाउनुका साथै जरिवाना समेत गरेको थियो । उपमहानगरले सञ्चालकलाई कारबाहीसँगै आवश्यक सुधार गरी…