७ आश्विन २०८३, बुधबार | September 23, 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरीमा हालसम्मकै धेरै यात्रु आवागमन



काठमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी महिनामा हालसम्मकै धेरै यात्रु आवागमन भएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबू तिवारीले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको विवरणअनुसार फेब्रुअरी २०२५ मा कुल ११५ उडान–अवतरणमार्फत ६,७७९ यात्रु ओहोर–दोहोर गरेका छन्। यो संख्यामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएयताकै सबैभन्दा बढी हो।

फेब्रुअरी महिनामा फ्लाइ दुबई, जजिरा एयरवेज, थाई एयर एसिया, नेपाल एयरलाइन्स तथा चार्टर उडानमार्फत यात्रुहरू ओहोरदोहोर गरे। फ्लाई दुबईमार्फत २,४०३, जजिरा एयरवेजमार्फत ३,२६५, थाई एयर एसियामार्फत १,०९७, नेपाल एयरलाइन्समार्फत १ तथा चार्टर उडानमार्फत १३ यात्रु यात्रा गरेका छन्। तीमध्ये २११ विदेशी यात्रु रहेका छन्।

नेपाल एयरलाइन्स र फ्लाइ दुबईमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएका–जाने ट्रान्जिट यात्रुहरूको संख्या ४,०४० रहेको छ।

महाप्रबन्धक तिवारीका अनुसार, नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएयता यात्रु संख्यामा निरन्तर वृद्धि हुँदै आएको छ। नोभेम्बर २०२४ मा ४,२७९, डिसेम्बर २०२४ मा ३,८७८, जनवरी २०२५ मा १,३६५ र फेब्रुअरी २०२५ मा ६,७७९ यात्रु ओहोरदोहोर गरेका छन्। फेब्रुअरी महिनामा यात्रु संख्यामा भएको उल्लेखनीय वृद्धिले भैरहवा विमानस्थलको सम्भावनालाई पुनः बल दिएको देखिन्छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १० : ५८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११