२१ माघ २०८२, बुधबार | February 4, 2026

पत्रकार महासंघ बाँकेले पाएको जग्गामा जनप्रतिनिधिकै अगुवाइमा अतिक्रमण भएपछि दल गुहार्दै पत्रकार नेताहरु

नेपालगन्ज । स्थानीय सरकारले कानुन बमोजिम पत्रकार महासंघलाई भोगाधिकार दिएको सार्वजनिक जग्गामा स्थानीय सरकारकै जनप्रतिनिधिले किचलो सुरु गरेपछि महासंघ बाँकेले न्यायका लागि सरोकारवाला र राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । नेपालगन्ज नगरपालिकाले २०६६ सालमा भोगाधिकार दिएको र उपमहानगरको वर्तमान कार्यपालिकाले समेत जग्गा संरक्षणका लागि कम्पाउण्ड वाल लगाउन बजेट बिनियोजन गरेको जग्गामा उपमहानगरकै एकजना वडा अध्यक्षले…