२३ भदौ २०८३, मंगलबार | September 8, 2026

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ



नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर सम्पर्कबिहीन भएकी बाँकेकी एक युवतीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बैदेशिक रोजगारीमा जापान पठाइदिने भन्दै प्रतिब्क्ति १४र१५ लाखको दरले करोड बढी रकम उठाएर फरार भएकी बांके बैजनाथ गाउंपालिका वडा नम्बर ५ कि २३ वर्षीया तिर्सना बाठामगरलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न मितिमा विभिन्न व्यक्तिलाई बैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १४र१५ लाख रुपैया उठाएर सम्पर्कबिहीन भएको भन्दै बैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा तिर्सनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बैदेशिक रोजगार विभागको पक्राउ पुर्जीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी आयुस जोशीले बताए ।

डीएसपी जोशीले बैदेशिक रोजगार विभागमा उजुरी परेको र पक्राउ आदेश प्राप्त भएको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर मार्फत तिर्सनालाई पक्राउ गरि अनुसन्धान थालिएको बताए ।

उनले जापानमा वर्किङ भिसामा पठाइदिने भन्दै रकम असुलेको भन्दै पीडितहरुले बैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । उनी माथि १ करोड २३ लाख ठगी गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ८ : ४७ बजे

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं