काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गामा बुधबार खसेको पहिरो पूर्ण रूपमा हटाएर आज साँझदेखि सडक दुईतर्फी खुलाइएको छ । प्रहरी वृत्त थानकोटकानुसार बुधबार बिहान खसेको पहिरो सोही दिन साँझ एकतर्फी खुलाइएको थियो । गाडीको चाप घटेपछि आज बाँकी रहेको पहिरो पन्छाइएको हो । पहिरो हटाइएसँगै आज साँझदेखि दुईतर्फी गाडी सञ्चालन भएको प्रहरी वृत्त थानकोटका…