१४ असार २०८३, आइतबार | June 29, 2026

अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा महाकालीमा जलयात्रा



काठमाडौँ । सीमावर्ती नदी महाकालीको पानी सदुपयोग, जलवायु परिवर्तन, जीविकोपार्जन र महिला सशक्तीकरण जस्ता मुद्दाहरूबारे छलफल गर्न कञ्चनपुरको महेन्द्रनगरमा जारी अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा आज महाकाली नदीमा जलयात्रा आयोजना गरिएको छ ।

अक्सफाम नेपालको सहयोगमा राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपाललगायत संस्थाको सहकार्यमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा आज नेपाल, भारत र बङ्गलादेशका करिब १५० जनाको सहभागितामा जलयात्रा आयोजना गरिएको हो ।

निड्स नेपालका परियोजना संयोजक आरती अवस्थीले अन्तरदेशीय सम्बन्ध सुधार र महाकालीमा जलपर्यटन विकास र प्रवर्द्धनका लागि जलयात्रा कार्यक्रम आयोजना गरिएको बताइन् । हाम्रो संस्था समेतको सहकार्यमा सञ्चालित दक्षिण एसियाका साझा सिमाना नदीहरूसँग सम्बन्धित जलस्रोत प्रवर्द्धन र सहकार्यका लागि सञ्चालित ट्रोसा परियोजनाअन्तर्गत जलवायु उत्थानशीलता, सीमावर्ती नदीमा सहकार्यका लागि गरिएका प्रयास तथा जल सु–शासनमा महिला र युवाको सहभागितालगायत विषयमा छलफल गर्न यहाँ सम्मेलन आयोजना गरिएको छ ।

त्यसै क्रममा महाकाली नदीमा जलपर्यटन प्रवर्द्धनका लागि सन्देश दिने उद्देश्यले तीनै देशका प्रतिनिधिसहित जलयात्रा आयोजना गरेका हौँ”, उनले भनिन् ।

कार्यक्रममा सहभागी नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का निवर्तमान अध्यक्ष शिव अधिकारीले जलपर्यटनका दृष्टिले विश्वप्रसिद्ध महाकाली नदीमा जलयात्रा प्रवर्द्धनका लागि यो अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले भारतीय पक्षसँगको समन्वयमा तीनै तहका सरकारले सहकार्य गरी महाकाली नदीको पर्यटकीय सम्भावनाको सदुपयोग गर्न आवश्यक रहेको सन्देश प्रवाह गर्न आजको जलयात्रा कार्यक्रम उपयोगी भएको बताए ।

“महाकाली नदीमा साहसिक गतिविधि, यसको सांस्कृतिक महत्व र सम्भावनालाई विश्वभर प्रचार गर्ने कार्यमा हामी सबै जुट्न आवश्यक छ । यसबाट स्थानीय समुदायलाई रोजगारीका अवसर र आर्थिक प्रगतिमा टेवा पुग्नेछ”, अधिकारीले भने, “महाकाली नदी सुदूरपश्चिम प्रदेशको एक अमूल्य वरदानका रूपमा विकसित हुनसक्ने थुप्रै सम्भावना छन् । यसको अद्भुत प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिहरूले पर्यटकलाई आकर्षित गर्न सकिन्छ । तीन देशका युवाहरू सम्मिलित आजको कार्यक्रमले पनि एउटा सन्देश प्रवाह भएको छ । यस्तै गतिविधिका साथ यहाँ पर्यटन सम्भावनाहरूको पूर्ण उपयोगका लागि प्रचारप्रसारमा जुट्न आवश्यक छ ।”

शुक्रबारदेखि सुरु भएको तीनदिने सम्मेलन सीमावर्ती नदी महाकालीमा देखिएका साझा समस्या र तिनको समाधानका लागि कानुनी र समुदायस्तरबाट गरिएका प्रयासबारे छलफल, जलवायु परिवर्तनबाट देखिएका असर र ती असर न्यूनीकरणका लागि गरिएका नवीनतम् प्रयास, जीविकोपार्जनमार्फत महिला सशक्तीकरणका उपायबारे विमर्श र जलयात्रामार्फत पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने ध्येयले आयोजना गरिएको आयोजकले जनाएको छ । सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका युवाहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १० : २४ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा