काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक शुरु भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउने बताइएको छ । कार्यदलमा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश लेखक रहेका…