२३ भदौ २०८३, मंगलबार | September 8, 2026

१६ वर्षपछि भाइ बुहारीको हत्यारा पक्राउ



रौतहट । रौतहट स्थित आफ्नै भाई बुहारीको हत्याको आरोपी १६ वर्षपछि पक्राउ परेका छन् ।

बुहारीका हत्याका आरोपी कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर  उमाशंकर प्रसादले बताएका छन् ।

पक्राउ परेकाआरोपी जितनलाई जिल्ला अदालत गौरबाट म्याद थप गराइ थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर उमाशंकरले जानकारी दिएका छन् ।

महतोले २०६५ साल पुस २४ गते आफ्नै भाई हरिराम महतोको श्रीमती बर्ष २२ की शारदा देवीको हत्या गरी शव बेपत्ता पारेर  फरार भएका थिए ।

घटनाको अनुसन्धान गर्दै जाँदा हत्या गरिएको ३ दिन पछि पुस २७ गते खेतमा गाडेको अवस्थामा प्रहरीले शारदाको शव फेला परेको थियो ।

घटना भए देखिनै फरार महतोलाई खोज तलास गर्दै शुक्रवार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत सैयौ सयौंजना अभियुक्त पक्राऊ परेका छन् ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ११ : ५६ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका