काठमाडौं। वरिष्ठ नेता राजेन्द्र महतो अलग्गिएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक डाकेको छ । जसअनुसार लोसपा नेपालले महोत्तरीको बर्दिबासमा फागुन २७–२९ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको हो । लोसपाबाट वरिष्ठ नेता महतोलगायतका नेताहरू अलग भए पछिको स्थिति टुंगो लगाउने बारेमा सो बैठकमा छलफल हुनेछ ।